दफा ३८
विभागीय वा अन्य कारबाही
(१) यस ऐन बमोजिम विभागीय कारबाही गर्नु पर्ने कर्मचारी वा सुरक्षाकर्मीलाई आयोग आफैँले विभागीय कारबाही गर्न वा अख्तियारवाला समक्ष विभागीय कारबाहीको लागि लेखी पठाउन सक्नेछ र विभागीय कारबाही नहुने पदाधिकारीको हकमा प्रचलित कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउनेछ ।
(२) उपदफा (१) बमोजिम कारबाही भएको वा कारबाहीको लागि सिफारिस भएको व्यक्तिलाई आयोगले निर्वाचन सम्बन्धी काम कारबाही गर्नबाट तत्काल रोक लगाउनेछ ।
(३) उपदफा (१) बमोजिम कारबाहीको लागि सिफारिस भई आएमा अख्तियारवालाले त्यस्तो व्यक्तिलाई तीन महिनाभित्र कारबाही गरी त्यसको जानकारी आयोगलाई दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम कारबाही गरी त्यसको जानकारी आयोगलाई नगराउने अख्तियारवालालाई विभागीय कारबाही गर्न आयोगले नेपाल सरकारलाई लेखी पठाउनु पर्नेछ र यसरी लेखी पठाएको व्यहोरा सबैको जानकारीको लागि सार्वजनिक गर्नु पर्नेछ ।